पोखरा ÷ वैदेशिक रोजगारमा पठाइदिने बहानामा ६८ लाख रुपैयाँ भन्दा बढि ठगि गर्नेलाइ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १० स्थित ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक बद्री सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।
चितवन राप्ती नगरपालिका २ घर भइ काठमाडौंमा कन्सल्टेन्सी सञ्चालन गर्दै आइरहेका ३२ वर्षिय सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । उनले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीलाइ २१ लाख ७० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए । २ विद्यार्थीलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भनि झुलाई उक्त कन्सल्टेन्सी बन्द गरी फरार भएपछि आफुहरु ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले माघ २० गते सिलवाललाई पक्राउ गरेको हो ।
यस्तै केदार प्रसाद सिलवाल हो भनि अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाउने भनि केदार प्रसाद सिलवालको नाममा १२ लाख को चेक काट्न लगाई भुक्तानी लिएको र केदार प्रसाद सिलवालकै नामको बैंक खातामा ४० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।
बद्री सिलवालले चितवन, भरतपुर उपमहानगरपालिका १० मा ह्याप्पी एजुकेशनल कन्सल्टेन्सी सञ्चालन गरि ४ जनालाइृ सर्बिया पठाउने भन्दै २१ लाख ९० हजार पाँच सय रुपैयाँ ठगि गरेका थिए । यस्तै स्पेन पठाउने भन्दै अन्य ३ जना व्यक्तिबाट १२ लाख रुपैयाँ लिएको प्रहरीले जानकारी दिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-