पोखरा / प्रहरी भन्दै हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाई रकम ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
दावा भन्ने दाफुरी शेर्पा हुन्डी कारोबार मुद्दामा मिति २०८२ मंसिर १५ गते पक्राउ परेका थिए । तिनै दाफुरी शेर्पाको आमालाई आफू प्रहरी भएको भन्दै पाँच लाख रुपैयाँ दिएमा छोरालाई छुटाइदिने भनी ठगी गर्ने जिल्ला नुवाकोट, लिखु गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८, नेपालटार बस्दै आएका ४० वर्षीय दिपक थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मिति माघ १९ गते काठमाडौं महानगरपालिका–बानियाँटारबाट उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दिपक थापा मगरलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-