२०८३ अशोज २१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

गण्डकी प्रेस
माघ २६, २०८२ ०९:११ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ
9
SHARES
Share on FacebookShare on Twitter


पोखरा,
कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् ।
कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए ।
‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको बाढी छ । यसलाई हेरेर धेरैले रमाइलो मानेका छन् तर मतदाताले एजेण्डा, उम्मेदवारको क्षमता र उसको विज्ञता हेरेर मत दिनुपर्छ,’ कुशलले पोखरा–८ का मतदातासँग भने, ‘देशको खास समस्या कहाँनेर हो ? त्यो समाधान कसरी हुन्छ ? सुशासन कायम गर्छु भनेरमात्रै हुन्छ कि त्यो समस्या पनि पहिल्याउनुपर्छ ? यो कुरा सोधरमात्र मत दिनुहोला ।’
कुशलले फोहोरलाई मल, ग्यास, ऊर्जामा बदलेर व्यवस्थापन गर्न कसरी सकिन्छ भनेर आम्दानी, रोजगारीसँग जोड्न अनुसन्धान, प्रयोग आफूले गरेकोसमेत सुनाए । विकसित देशहरुमा पनि फोहोरको समस्या रहेको बताउँदै उनले नेपालजस्तो शहरमा बेलैमा नसोच्ने हो भने ठूलो समस्या निम्तिने बताए ।
‘हिमाल, नदी र तालसँग सम्बन्धित पर्यटनबाट पोखराजस्तो सहरले अहिले सानो फाइदा लिएको छ । यसलाई व्यवस्थित गर्ने, पर्यावरणीय र जलवायु परिवर्तनलाई बेलैमा नीतिगत तहबाट जोड्ने काम गर्न सकिएन भने पोखरालेसमेत ठूलो क्षति बेहोर्न सक्छ,’ कुशलले भने, ‘कति उम्मेदवारले यो मुद्धा उठाइरहेका छन् र बोलिरहेका छन् ? त्यो हेरेर मत दिउँ ।’
लामो समय ऊर्जाविज्ञको रुपमा काम गरेका कुशलले नेपालमा जलवायु परिवर्तन क्षेत्रमा सरकारलाई नीति निर्माणमै सघाएका थिए । गण्डकी प्रदेशको जलवायु नीति, पोखराको ऊर्जा नीति बनाएका कुशलले भने, ‘पहिलो कुरा त नीति निर्माणमै सरकार गम्भीर भएन, दोस्रो कुरा बनेको नीति पनि ठिक ढंगले कार्यान्वयन नभएपछि म आफैं सांसद बनेर त्यो काम गर्छु भनेर घरदैलोमा आएको हुँ ।’
अहिलेको एआइको जमानामा सामाजिक सञ्जाल प्रयोग गरे पनि सबै सामाग्रीमा विश्वास गरेर धारणा नबनाउने उनले आग्रह गरेका छन् । बढ्दो सहकारीकरणले पोखराजस्तो ठाउँमा उत्पादन र रोजगारीका सिर्जना हुने क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ । ‘एकातिर हाम्रा पाटनहरु सकिँदै गए । खेतीयोग्य जमिनमा कंक्रिटका घरहरु बनेका छन्,’ कुशलले घरदैलोमा बुझाउने प्रयत्न गर्दै भनिरहेछन्, ‘सहरलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनलाई प्रविधि र बजारसँग जोड्ने नीति चाहिन्छ । यो नीति पोखराका लागि मात्रै होइन, देशकै लागि चाहिन्छ ।’
पोखरासहित गण्डकीले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको मुद्धा, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभसँगै यहाँको पर्यटन, यातायात व्यवस्थापनको मुद्धालाई कुशलले एजेण्डा बनाएर मतादाताको ध्यान खिच्ने काम गरिरहेका छन् ।
आफू सस्तो प्रचारबाजीमा नरमाउने, भीड जम्मा गरेर बिनाएजेण्डा हल्ला गरेर नहिँड्ने कुशलले बताइरहेका छन् । एजेण्डाका विषयमा आफूलाई पनि प्रश्न गर्न र पुराना दलको विकल्प भन्दै आएका सबै नयाँलाई पनि सोध्न उनले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल २०७८ साल भाद्र २० गते आइतबार