पोखरा / काठमाडौमा प्रहरी भनी रकम असुल गर्दै आइरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौका विभिन्न औषधि पसलमा छापा मार्दै आफुलाई लागु औषध ब्युरोको प्रहरी भएको बताउदै रकम असुल गर्ने
सिन्धुपाल्चोक जिल्ला नमोबुद्ध नगरपालिका ५ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखा जिल्ला मेलुङ गाउँपालिका ६ घर भइ काठमाडौं महानगरपालिका ६ बस्ने वर्ष ३४ का प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई एक औषधि पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।
‘हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भनि पसलको खानतलासी गरी तपाइले लागु औषध तथा अवैध औषधिहरू बेच्नु भएको छ, हामी तपाइलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ’ उनले भने ।





























प्रतिक्रिया लेख्नुहोस्:-