पोखरा / काठमाडौमा प्रहरीले दुई पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं नागार्जुन नगरपालिका ४ बाफलमा लुकाएर राखेको स्थितिमा सिएफ ९८ पेस्तोल सहित ३ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ का झिल्के भन्ने विकाश शाही मोरङ लेटाङ नगरपालिका ४ का वर्ष २२ का शाहिल तिवारी र काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन् ।
उनिहरुको साथबाट सिएफ ९८ पेस्तोल २ वटा र त्यसमा लाग्ने म्यागजिन ३, गोलि २ र गोलिको खोका २ वटा बरामद भएको प्रहरीले बताएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-