पोखरा / पोखरा महानगरपालिकाको आयोजनामा क्यामेरा मर्मत तालिम शुरु भएको छ ।
पोखरा फोटोग्राफर संघको भवन पोखरा ४ टुँडाको पाटनमा शुरु भएको ३ सय ९० घण्टे तालिमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे ।
सो अवसरमा वोल्दै वर्तमान समयमा फोटोग्राफी सबै कार्यक्रमको अनिवार्य हिस्सा बनेको उल्लेख गर्दै क्यामेरा मर्मतसम्बन्धी तालिमले मर्मत खर्च घट्नुका साथै काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
पोखरा फोटोग्राफर संघ कास्कीका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरिया, तालिम संयोजक तृष्णा बस्ताकोटी लगायतको सहभागीता रहेको थियो ।
पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका शाखा प्रमुख नवराज अधिकारी स्वागत मन्तब्य राखेका थिए भने सो अवसरमा पोखरा फोटोग्राफर संघ कास्कीका पूर्व अध्यक्ष रवि दाहालले कार्यक्रममो सफलताको शुभकामना दिएका थिए ।
तालिमका प्रशिक्षक मदन सुब्बाले तालिम सञ्चालनका लागि सहयोग गरेकोमा महानगरपालिकालाई धन्यवाद ब्यक्त गरे ।





























प्रतिक्रिया लेख्नुहोस्:-