पोखरा / कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्दा खेपी रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत १२ गते राती कपिलवस्तु नगरपालिका वडा ३ विशम्भरपुरका प्रलाद केवटसहित ३ जनाले कुटपिट गरि ज्यान मार्ने प्रयास गरेको भन्दै सोहीस्थानका लक्षिमन केवटले जाहेरी दिएका थिए ।
घटनामा संलग्न प्रलाहद केवटसहित अन्य २ जनालाई पक्राउ गरी अनुसन्धान भइ रहेको थियो ।
मुद्दा चलेपछी कपिलवस्तु बुद्धभूमि नगरपालिका १० बिजगौलीका ५० वर्षीय अयोध्यालाल श्रीवास्तव र २२ वर्षका भगत भनिने मोहन रैदासले मुद्दा मिलाउने बताएका थिए । उनहरुले प्रहरीमा राम्रो चिनजान भएको र शक्ति समुहसंग समेत चिनजान भएको भन्दै प्रलादको श्रीमती संग १० हजार रुपैयाँ लिएको प्रहरीले बताएको छ ।
प्रलादको श्रीमती मिना केवटले रकम लिइ ठगी गरेको भन्दै जाहेरी दिएकी थिइन ।
उनिहरु विरुद्ध ठगी, आपराधिक तथा आपराधिक लाभ (एक्सटर्सन) कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-