पोखरा / पोखरामा ६० वर्षीय पुरुषको हत्या गरि फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राती संगै रक्सी सेवन गर्ने क्रममा विवाद भएपछी पोखरा १६ घर भइ हाल पोखरा१० रामघाट बस्दै आएका ६० वर्षका रमेश सुनारको हत्या भएको हो ।
पोखरा१२ ढिकालेथर शिव मन्दिर नजिकै पुरुष व्यक्तिको शव रहेको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल तालिम प्राप्त प्रहरी कुकुर सहितको टोली घटनास्थल पुगेको थियो ।
टाउको लगाएत अनुहारको भागमा ढुङ्गाले प्रहार गरेको जस्तो देखिने गम्भिर चोटहरु देखेपछी उनको हत्याको आशंका गरिएको थियो ।
अनुसन्धान गर्दैजादा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भइ पोखरा ११ फुलबारी बस्ने वर्ष ३२ का हरिराम बुर्लाकोटी र पाल्पा रामपुर नगरपालिका ४ घर पोखरा १० बस्ने वर्ष ३८ का कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेलले हत्या गरेको खुल्न आएको हो ।
उनिहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ ।
के थियो घटना ?
मृतक र पक्राउ व्यक्तिहरु ज्यालामज्दुरी काम गर्ने साथी हुन । बुधबार राती उनिहरु सुनसान स्थानमा रक्सी लिएर पुगेका थिए ।
राती मापसे गरि बस्दा उनिहरु बिच विवाद सुरु भयो । विवाद बढ्दै जादा कृष्ण बहादुरले हातपात गर्दै ढुङ्गाले टाउकोमा प्रहार गरे ।
त्यसपछि हरी बुर्लाकोटीको सहयोगमा घटना भएको स्थानदेखी केही तल झाडीमा लगेर रमेशको शव फालेका थिए । त्यसपछी उनिहरु त्यहाबाट निस्किएका थिए ।
घटनास्थलबाट प्रहरीले पक्राउ व्यक्तिले लगाएको चप्पल १ जोर र टोपी १ थान सहित घटनामा प्रयोग भएको ढुङ्गा समेत बरामद गरेको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-