काठमाडौं, २३ साउन ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षात्मक कारण देखाउँदै नयाँ बानेश्वर क्षेत्र आसपास निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले दिएको जानकारीअनुसार साउन २३ गते अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको हो। सो अवधिमा बानेश्वर क्षेत्रको तोकिएको सीमा भित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराबन्दी गर्न नपाइनेछ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरू:
– पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
– पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
– उत्तरतर्फ आइसल्यान्ड्स भवन हुँदै रत्नराज्य माध्यामिक विद्यालयसम्म,
– दक्षिणतर्फ संखमुल आर्यालो हुँदै संखमुल पुलसम्म।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेर सार्वजनिक गरेको आदेशमा तोकिएको क्षेत्रमा कुनै पनि विरोध कार्यक्रम, सभा वा जमघट गर्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-