कास्की, १७ भदौ
पोखरा महानगरपालिका–६ शान्तिपाटनस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार ३६ वर्षीय प्रज्वल बुढाथोकीले सञ्चालन गरेको माईली थकाली भान्सा घरमा सोमबार साँझ जुवातास चलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकासँग प्रहरीले नगद १ लाख ३७ हजार ८ सय रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ।
हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















प्रतिक्रिया लेख्नुहोस्:-