स्याङ्जा, २८ साउन — स्याङ्जाको फेदीखोला गाउँपालिका–१ चारघरेस्थित ७२ वर्षीय बेलबहादुर गुरुङको घरबाट करिब ४ तोला बराबरका सुनका विभिन्न गरगहना चोरी भएको छ। मंगलबार दिउँसो अज्ञात व्यक्तिले घरमा प्रवेश गरी गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-