जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका रहनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित “जातीय विभेद अन्त्यका लागि सञ्चारकर्मीको भूमिका” विषयक अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले यस्तो वताएका हुन ।
राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको आयोजना, कास्की शाखाको सह–आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताउँदै समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि गैरदलितले पनि उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताए । पौडेलले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै दलित बर्गको उत्थानका लागि सामथ्र्यको संघर्ष आवश्यक रहेको भन्दै त्यसमा सबै समुदायका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपक परियारले अहिले पनि समाजमा विभेदका जरा गहिरो रहेको बताए । ’मानिसको मस्तिष्कबाट विभेद हट्यो भने मात्रै समाजमा विभेद हट्छ, यसको लागि सबै समुदायका सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने गर्दछ”, कानुनले छुवाछुत र भेदभावको अन्त्य गरिसकेको भएपनि व्यवहारबाट अझै अन्त्य नहुनु दुःखद रहेको बताए ।
यस्तै दलित संघर्ष समिति कास्की अध्यक्ष भिम नेपालीले जात तथा लिंगका आधारमा हुने सबै खाले विभेद अन्त्यका लागि सबैभन्दा पहिले व्यक्तिको साेच परिवर्तन हुन आश्यक रहेको र यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन र मान्छेमा जागरण ल्याउनुपर्ने वताउँदै समाजमा यस किसिमको जागरण ल्याउन सञ्चारकर्मिहरुको विशेष भुमिका हुने बताए । जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध प्रशस्त कानून निर्माण गरिएपनि कार्यान्वयनको पाटो फितलो हुँदा अझै पनि कुनै न कुनै रुपमा छुवाछुत तथा विभेद जस्ता समस्याहरु समाजमा जडको रुपमा रहेको उनले बताए ।
उक्त अवसरमा नेकपा एमाले गण्डकीका सचिवालय सदस्य धन बहादुर नेपाली र कानुन व्यवसायी शिव सुनारले जातीय भदभाव तथा छुवाछुत कसुर र सजाय ऐन तथा नियमावलीमा गरिएका कानुनी व्यवस्थाहरु, विभेदका घटनामा प्रमाणको अभावले गर्दा पीडित कसरी अन्यायमा पर्ने गर्दछन, त्यसमा सञ्चारकर्मीहरुको भुमिका कस्तो हुन्छ भन्ने विषयमा प्रशिक्षण दिए ।
राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष पुर्ण बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की शाखाका अध्यक्ष सुरेश सुनारले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन संघका प्रदेश सचिव रामशरण नेपालीले गरेका थिए ।





















प्रतिक्रिया लेख्नुहोस्:-