राइड सेयरिङविरुद्ध देशभरका सार्वजनिक यातायात बन्द गराएका यातायात व्यवसायीले आन्दोलन जारी राख्ने भएका छन् । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूबीच भएको छलफलबाट वार्ता समिति बनाउन सहमति जुटे पनि आन्दोलन नरोकिने भएको हो ।
गृहमन्त्रालयमा सोमबार बिहान भएको छलफलमा दुवै पक्षबीच वार्ता समिति गठन गर्ने सहमति जुटेको थियो। उक्त समितिमा यातायात व्यवसायी र मजदुरकातर्फका चारजना र विभिन्न मन्त्रालयका सात जना प्रतिनिधि गरी ११ सदस्यीय वार्ता समिति गठन गरिएको छ।
समितिले सोमबारदेखि नै वार्ता प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । तर, वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन यथास्थितिमा नै जारी रहने संघर्ष समितिले स्पष्ट पारेको छ।

























प्रतिक्रिया लेख्नुहोस्:-