२०८३ असार १८, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता

गण्डकी प्रेस
जेष्ठ ९, २०८२ ०८:२३ मा प्रकाशित
समाचार, समाज
पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता
15
SHARES
Share on FacebookShare on Twitter

पोखरा । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् ।

पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।

बिस २०३६ सालदेखि बसोबास गरेकाहरुलाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन बडा कार्यालय ९ ले गएको बैशाख २ गते पत्र काटेको थियो ।  त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममाा दर्ता भएको भन्दै खाली गरिदिन वडा कार्यालयले पत्र काटेको थियो । कित्ता नम्बर १७२ को कुल ११५ रोपनी मध्ये ७२ रोपनी जग्गा पछि दर्ता भएको बताइएको छ ।

पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५ औं दिनमा पोखरामा आयोजित कार्यक्रममा भने विभिन्न दलका नेताहरुले सुकुम्बासी समस्या समाधानका लागि प्रतिवद्धता गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा भएको कार्यक्रममा उनीहरुको त्यस्तो भनाइ आएको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य निर्मल नेपालीले सबै दलहरु पटक पटक सरकारमा सहभागी भए पनि समस्या समाधान गर्न चासो नदिएको बताए । भूमि अधिकारकर्मी नेपालीका अनुसार सुकुम्बासी समस्याका आडमा धनी पुँजीपतिहरुलाई जग्गा दिने काम गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले चुनावका बेलामा पार्टीहरुले सुकुम्बासीहरुलाई झुक्याएको भन्दै अबका दिनमा समस्या समाधान गर्न लाग्नु पर्नेमा जोड दिए । कांग्रेस नेता कुँवरले सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो सँधै लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सोही कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले समस्या समाधान नुहुनुमा कुनै एउटा मात्र दललाई दोप दिएर उम्कन नमिल्ने तर्क गरे । विगतमा सबै दलहरु सरकारमा सहभागी भएको तथ्य स्मरण गराउँदै अबका दिनमा सबैको सहकार्यमा कार्य सम्पन्न गरिनु पर्ने एमाले नेता बरालको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका महामन्त्री वरुणविक्रम राणाले सत्तारुढ दलहरुको अर्कमण्यताका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको दावी गरे । प्रधानमन्त्रीले चाहने हो भने ६ महिनाभित्र सुकुम्बासी समस्या समाधान हुने उनको तर्क छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष राजु राईले सत्तारुढ दलसँग संसदमा दुई तिहाइ बहुमत रहेकोले सुकुम्बासी बारे आवश्यक निर्णय गर्न कुनै समस्या नहुुनु पर्ने जिकिर गरे । सत्तारुढसहित अरु दलहरु सुकुम्बासी समस्या समाधान भए भोट बैंक समाप्त हुने भयबाट त्रसित भएको भन्दै आवश्यक निर्णय गरेर देखाउन रास्वपा नेता राईले चुनौति दिए ।

नेकपा माओबादी केन्द्रका नेता भीम नेपालीले सुकुम्बासीहरुका पक्षमा आफ्नो पार्टी सदैव लागि रहने भन्दै समस्या समाधान नभइकन कसैलाई पनि घरजग्गाबाट उठिबास नर्गन चेतावनी दिए । आयोजक राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष रामबहादुर लामिछानेले गणतन्त्र आए पनि जनताको घरमा लालपुर्जा नआएको तर्फ सबै राजनीतिक दलहरुको ध्यान जानु पर्ने बताए ।

मञ्चको कास्की जिल्ला अध्यक्ष प्रेम गुरुङ ले पटक पटक भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगहरु गठन गरे पनि कास्कीमा समस्या ज्यूँका त्यूँ रहेकाले सरकारहरु असफल बनेको जानकारी दिए ।

कार्यक्रमा कास्कीका विभिन्न वडा तथा टोलमा भूमिहिन र अव्यवस्थित बसोबासीहरुले भोगेका समस्या बारे सहभागीले राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

अनुसन्धानात्मक जर्नल कौमोदकी लोकर्पण

अनुसन्धानात्मक जर्नल कौमोदकी लोकर्पण