२०८३ असार १९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

गण्डकी प्रेस
बैशाख २८, २०८२ २१:४३ मा प्रकाशित
समाचार, समाज
मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै
14
SHARES
Share on FacebookShare on Twitter

– पोखरा महानगरपालिकाको वडा नं ३३ भित्र अवस्थित अद्भुत शक्ति भएकी देवी बालादेवीको विशेष पूजा हरेक वर्षको वैशाख शुक्लपुर्णिमा, चण्डी पूर्णिमाको दिनमा हुने गर्छ। ठूलो ढुङ्गाको पहरामा प्राकट्य भएकी देवीको पूजा सँगसँगै उक्त ठूलो ढुङ्गाको नाम बाट नै यो ठाउँको नाम पनि ठुलढुङ्गा रहन गएको हो भन्ने कुरा स्थानीयहरूले बताउछन्। करिब २०० वर्षको ईतिहास बोकेको यस पुण्य क्षेत्रमा छुट्टै धार्मिक तथा आध्यात्मिक महत्व बोकेको पाईन्छ।

दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको शक्तिपीठ मानिने यस स्थलमा मंदिर स्थापना र पूजाआजाको सुरुवातको अनौठो किंवदन्ती रहेको छ । किंवदन्ती अनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हुँदै आएकी थिईन् र रात परेको हुनाले हालको बालादेवी मन्दिरसँगै रहेको ठूलो ढुङ्गाको पहरामा बास बसिन् । उक्त महिला गर्भवती भएको र नजिकै घरहरू पनि नभएकाले साँझको समयमा त्यसै पहरामुनि वास बस्ने निर्णय गरिन्। त्यसै रात उनलाई व्यथा लाग्यो र जङ्गलको बिचमा नै वास बस्ने क्रममा उनि सुत्केरी भई छोरीको जन्म भयो। संयोगवश शिथिल अवस्थामा रहेकी महिलालाई बाघले आक्रमण गरि उनको मृत्यु भयो। त्यससँगै भर्खर जन्मिएकी कन्याको त्यसै ठूलो ढुङ्गामा अलप भइ देवीको स्वरूपमा प्रकट हुन पुगिन् र त्यहा बसोबास गर्ने स्थानीयहरूलाई स्वप्नद्वारा दर्श्न दिन पुगिन्। यसरी बालक कन्याबाट देवीको स्वरूपमा प्राकट्य भएकोले उक्त शक्तिको नाम बालादेवी रहन पुगेको भन्ने रोचक किंवदन्ती यहाँका वासिन्दाले बताउँछन्।

उनको जन्म र देवीको स्वरूपमा प्रकट यसै वैशाख शुक्लपूर्णिमाको दिन भएकाले परापूर्वकालदेखी नै वार्षिकरूपमा विशेषपूजा यसै दिन हुँदै आईरहेको छ। यस मंदिरमा यो बाहेक अन्य सबै दिन नित्यपूजा हुनुको साथै दर्शनार्थीहरूको लागि पनि खुला नै हुने गर्छ तर खासगरी विशेष प्रकारको पूजा तथा उत्सव भने वैशाख बुद्ध जयन्ती एवं चण्डीपूर्णिमा र असोजको नवदूर्गामा हुने गर्दछ। यो वर्ष पनि बालादेवीको विशेष पूजा वैशाख २९ गते सोमबारका दिन भव्य तरिकाले सामुहिकरूपमा गरिदै छ।

श्री बालादेवीलाई मनोकांक्षा पूर्ण गर्ने देवीको रूपमा भक्तजनहरूको विश्वास रहि आएको छ। बन्दै नबनेका कामहरू पनि यस मंदिरमा आई श्रद्धासाथ दर्शन गर्दा पुर्ण भएको कुरा दर्शनार्थीहरूले बताउने गर्छन्। भिसा चाढो लागोस् भनेर, परीक्षामा नतिजा राम्रो ल्याउनका लागि, विवाह लगाएतका बिभिन्न कामना लिएर विश्वासका साथ आउनेलाई यहाँ आएपछी खाली हात फर्कनु पर्दैन भन्ने छ। यस स्थलमा आएपछी शरीरमा फरक प्रकारको उर्जाको अनुभूत हुने र कतिपयले त यसै ढुङ्गा भित्र पानीको विशाल जलासय, सुवर्णका मंदिरहरू र रूखसँगै सर्पहरू रहेको देखिने समेत अनुभव गरेको बताउछन् भने कति तान्त्रिकहरूले यो क्षेत्र तंत्र साधना र मंत्र, ध्यान आदि सिद्ध गर्न अत्यन्तै उचित ठाउँ रहेको बताउछन्।

यस मंदिरको गर्भगृहमा बालादेवीको अग्लो मूर्ति सँगसँगै गणेश र देवीका अन्य शक्ति स्वरूपहरूको मुर्ति समेत रहेको छ भने मंदिर बाहिर दायाँ पट्टि पहरामुनि स्थानीयले सेती, काली, शीतल, स्वर्ण, शंख आदि प्रकारका नागहरूको थान मानी पूजा गर्दै आईरहेका छन्। यसै स्थलमा मष्टो, झाक्री, वनदेवता, जलदेवता र देवीका पार्षद तथा राक्षसगणहरू पनि रहेको कुरा यसै मंदिरका मूल पूजारी वसन्त आचार्यले बताउछन्। यसअघि भगवतीको अनुकम्पाले स्वर्गीय श्री हिमलाल आचार्यलाई दिव्य दर्शन दिएर यस पहरामा मंदिर निर्माणको थालनी गर्न प्रेरणा मिल्यो र यो सँगै विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण गरियो। त्यसपछि विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ  मन्दिर निर्माण गरिएको यसै मंदिरका संरक्षण समितिका अध्यक्ष श्री विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार प्रचार प्रसारको कमि र आर्थिक अभावको कारण यस्तो प्राचीन महत्वको तीर्थस्थल र जुनसुकै मनोकांक्षा पूरा गर्ने अद्भुत आस्थाको केन्द्र भएर पनि प्रवद्र्धन हुन नसकेको बताए । मन्दिरमा पूर्वाधार निर्माणका लागि योजना अघि सारिएको र तत्कालका लागि शौचालयलगायतका पूर्वाधार अपरिहार्य भएको कुरा मंदिर संरक्षण समितिबाट राखिएको थियो।

अहिले यस मंदिरमा फराकिलो पिच बाटो र पोखरा बजारबाट पनि नजिकै रहेका कारणले पनि पहिले भन्दा दिनहुँजसो अन्य स्थलबाट पनि भक्तजन्हरूको आगमन बढ्दै गैरहेको छ। अझ पोखरा महानगरपालिकाका वर्तमान मेयर धनराज आचार्यको घर जाने बाटो पनि यसै स्थल नजिकैबाट पर्छ जसले यसको प्रवर्द्धन र आकर्षण तथा चासोको लागि अझ सहयोग पुर्याएको देखिन्छ यद्यपि स्थानीय सरकारबाट पर्यटकीय एवं धार्मिक दुवै दृष्टिकोणबाट यस्तो अपूर्व शक्ति र महिमा भएको आस्थाको केन्द्रलाई प्रवर्द्धन गर्न तर्फ ध्यान केन्द्रित गरे आर्थिक, सामाजिक तथा सांस्कृतिक सबै पक्षबाट फाईदा हुने देखिन्छ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

स्थापना दिवसमा उपकार सहकारीको वृहत वडास्तरीय सरसफाई

स्थापना दिवसमा उपकार सहकारीको वृहत वडास्तरीय सरसफाई