पोखरा । पोखरा महानगरपाकिा १७ बस्ने ५७ वर्षीय ऋषीराम बरालले श्रीमतीको हत्या गरेपछी आफुले पनि आत्महत्या गरेका छन् ।

घरयासी झगडामा ३७ वर्षीय श्रीमती देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रवत्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए । श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । ऋषीको नजिकै एक मेटासीट नामको विषको बोतल भेटिएको छ ।
ऋषिले आत्महत्या गर्ने समयमा जेठी श्रीमतीलाई केही मेसेज पठाएका थिए । उक्त मेसेज पछी जेठी श्रीमतीले घरमा आफन्त पठाउदा २ जना घाइते रहेको थिए । त्यसपछी स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।
श्रीमतीको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान ऋषरिाम बरालको मंगलबार विहान करिब ७ बजे मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे उक्त घटना भएको हो ।
घटनाको विषयमा थप अनुसंधान भैरहेको प्रवत्ता बस्नेतले जानकारी दिए । उनीहरुले पोखरा १७ बिरैटा फेन्सी पसल चलाउदै आएका थिए । ३ वर्ष अघि देखी ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमाया संग बस्दै आएका थिए । उनीहरुको शव अहिले पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टको लागी राखिएको छ । पोष्टमार्ट पछी घटनाको अन्य कुराहरु खुल्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-