२०८३ बैशाख २२, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतीय प्रहरीलाई सहयोग गर्न विदा लिएर काठमाडौं गएका थिए : डिएसपी श्रीबास्तव

सुरेश राज अधिकारी
बैशाख २०, २०८२ १४:३३ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
भारतीय प्रहरीलाई सहयोग गर्न विदा लिएर काठमाडौं गएका थिए  : डिएसपी श्रीबास्तव
42
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । चैत २५ गते भारतीय सुरक्षाकर्मीको एउटा समूह नागार्जुन क्षेत्रमा प्रवेश गरेर अपरेशन चलाएपछि नेपाल प्रहरीले पक्राउ गरेको सूचना छ्याप्छ्याप्ती भयो ।

खासमा दुई महिना पुरानो घटनालाई लिएर भारतको गृह मन्त्रालयले ‘विदेशमा अनुसन्धान गर्न जाँदा अपनाउनु पर्ने कार्यविधिबारे सकुर्लर’ जारी गरेपछि यो विषय चर्चामा आएको थियो ।

भारतीय प्रहरी नेपाल किन आए ? उनीहरु नेपाल आउनुको कारण के हो ? कस्को सहयोगमा नेपालसम्म आएर फर्किए ? उनीहरु नेपाल आएर अपरेशन गरेको नेपालको सुरक्षा निकायलाई उक्त समयमा नै थाहा भयो कि भएन ? थाहा भएको भए किन सुरक्षा निकाय सोही समयदेखि नै चुप बस्यो ? यी लगायतका विभिन्न प्रश्न उठेका छन् ।

सुरक्षा अधिकारीका अनुसार भारतीय गुण्डा नाइके लरेन्स विश्नोई समूहका मान्छेलाई खोज्न उनीहरु नेपाल आएका थिए । भारतीय सुरक्षकर्मीहरुले विश्नोई समूहका सदस्यहरु काठमाडौंमा भएको सूचना त पाए तर कसरी आउने भन्ने विषयमा अन्योल रह्यो । पञ्जाव प्रहरीले नागार्जुनमा एके फोर्टी सेभेन हतियार प्रर्दशन समेत गरेको सुरक्षा अधिकारीको भनाई छ । तर यो विषयमा केही तथ्यहरु भने सार्वजनिक भएका छैनन् । तर पञ्जाव प्रहरी पोशाकमा नै यसरी नेपाल प्रवेश गर्न भने पाउँदैनन् । उनीहरुलाई कारवाही हुनुपर्ने हो तर यसै छाडिएको नेपाली सुरक्षा अधिकारीहरु बताउँछन् ।

उक्त समयमा भारतीय प्रहरीको सम्पर्कमा रहेका थिए जिल्ला प्रहरी कार्यालय लम्जुङ्मा कार्यरत प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीबास्तव । भारतीय प्रहरीले उनलाई सम्पर्क गरेपछि उनी आफ्नो कार्यरत जिल्ला छाडेर काठमाडौँ पुगे । काठमाडौंमा पञ्जाव प्रहरीलाई सघाउन जादासम्म उनले उक्त कुराको सूचना कसैलाई गराएका थिएनन् ।

बारा घर भएका उनले माथिल्लो अफिसर वा प्रदेश प्रहरी कार्यालय गण्डकी र नेपाल प्रहरी प्रधान कार्यालयसँग कुनै अनुमती नलिएको स्रोतको भनाइ छ । उनले भारतीय प्रहरीलाई सहयोग गरेको पाइएको एक सुरक्षा अधिकारीले हामीलाई जानकारी दिएका छन् । लम्जुङ्मा गत असोज १७ गते हाजिर भएका श्रीबास्तवलाई माघ १८ गते नै सोही घटनाको कारण प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा तानिएको स्रोतको भनाइ छ ।

चैत २५ गतेसम्म यो घटना बाहिर आएको थिएन । उक्त दिन अथवा गत अप्रिल ७ मा भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ले पञ्जाब प्रहरीले विदेशमा चलाएको एउटा अपरेशनले कूटनीतिक तनाव सिर्जना गरेपछि भारतको गृह मन्त्रालयले विदेशी भूमिमा गरिने अपरेशनका लागि कडा निर्देशिका जारी गरेको भन्ने समाचार प्रकाशित गरेको थियो । यो निर्देशिकामार्फत ‘विदेशी मुलुकमा कुनै पनि अनुसन्धान वा प्रहरी गतिविधिका लागि पूर्वस्वीकृति र समन्वय अनिवार्य बनाइएको’ उल्लेख गरिएको थियो ।

यो समाचार सार्वजनिक भएपछि मात्र भारतीय सुरक्षा अधिकृतहरू नेपाल आएकोबारे चर्चा भयो, जबकि घटना २०८१ फागुन दोस्रो साताको थियो । ६ जनालाई नेपाल प्रहरीले समातेर लैनचौरस्थित भारतीय दूतावासमा बुझाइदिएपछि पञ्जाब प्रहरीलाई समेत तनाव भएको थियो । एजीटीएफका प्रमुख प्रमोद वनले चाहिँ आफ्नो टोली अपरेशनका लागि नभई सूचना संकलनका लागि काठमाडौं गएको प्रतिक्रिया दिएका थिए ।

एजीटीएफको टोली त्यसबेला पञ्जाब मुख्य आधार इलाका भएका कुख्यात ग्याङस्टर लरेन्स विश्नोई समूहका चार सदस्यलाई खोज्दै काठमाडौं आएको सुरक्षा निकायको दावी छ । तर उक्त घटनामा सम्बधित ६ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।

विश्नोई समूहको गोली प्रहारबाट १२ अक्टुबर २०२४ मा मुम्बईको बान्द्रामा पूर्वमन्त्री बाबा सिद्दिकी मारिएका थिए । सिद्दिकीको हत्यामा जोडिएका चार सदस्य काठमाडौंमा लुकिरहेको सूचनाको आधारमा ती प्रहरी अधिकृतहरू काठमाडौं पसेका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोही समयमा नै यसबारे छानबिन समिति बनाएका थिए । छानबीन समिति कर्मकाण्डी मात्र भएको स्रोत दावी छ । नार्गाजुनमा भएको भारतीय सुरक्षाकर्मीको अपरेशनमा संलग्न डिएपी निशान्त श्रीबास्तवमाथि कुनै कारवाही भएको छैन । उनलाई चेतावनी दिएर छाडिएको स्रोतले जानकारी दिएको छ ।
पाकिस्तानको सीमा क्षेत्र नजिकै शिख वाहुल्यता क्षेत्र पन्जाबमा १९९३ मा जन्मिएका लरेन्स बिश्नोइ अहिले भारतीय जेलमा छन् ।
डीएभी कलेजमा पढ्दा उनी विद्यार्थी राजनीतिमा आबद्ध भए । प्रतिद्वन्द्वी विद्यार्थी समूहसँगको प्रतिस्पर्धा छाडेर उनी आपराधिक समूहसँग नजिक हुन थाले । त्यसबेला उनले कलेजको विद्यार्थी युनियनको अध्यक्ष समेत भएर काम गरे । चन्डीगढमै उनी हत्या अभियोगमा जेलसम्म पुगे ।

त्यसैबेला लरेन्सले आफूलाई हिन्दू परम्परागत कित्तामा उभ्याउन थाले । उनी भन्थे, ‘जय श्रीराम ।’ लरेन्सको हिरासत १० वर्षभन्दा धेरै बसिसकेका छन् । यसबीचमा उनले मुम्बइमा पनि भयंकर अन्डरवल्र्ड डनको रुपमा स्थापित हुन सिद्दिकीको हत्या गरेको भारतीय सुरक्षा विज्ञहरु बताउने गर्छन् ।

बेला बेलामा उनको समूहले नेपालमा व्यवसायी तथा सरकारी उच्च ओहोदाका मान्छेलाई धम्की दिइरहेका छन् । धम्की दिने केही पक्राउ परे पनि लरेन्स समूहको भनी प्रमाणित भएका छैनन् । २००८ मा कलेजमा विद्यार्थी युनियनको चुनावमा उठ्ने बेलामा नै उनले प्रतिस्पर्धीलाई पेस्तोल देखाएर धम्क्याएपछि स्थानीयस्तरमा उनी कुख्यात कहलिएका थिए ।

२०११ मा अध्यक्षमा निर्वाचित भएका उनी हत्या तथा धम्की दिएको आरोपमा जेल पुगे । भारतिय प्रहरीका अनुसार हालसम्म उनीविरुद्ध ३ सयभन्दा धेरै मुद्दा अदालतमा दर्ता भइसकेको छ । २०१८ मा उनी सलमान खानको हत्या गर्न भन्दै मुम्बइ पुगेका थिए । सलमानको हत्या नगरी २०१३ मा उनलाई चुनाव हराउने व्यक्तिको हत्या गरे ।

उनले २०२० मा फेरि सलमान खानको हत्याको योजना बनाए पनि सफल भएनन् । योजना अनुसार नै सुटरले सलमान खानको बडी गार्डसँग मित्रता गाँस्ने सम्मको योजना सफल भएको थियो । हत्याको योजना बारे दिल्ली प्रहरीले सूचना पाएपछि सलमान खानको हत्या योजना तेस्रो पटक पनि असफल भएको थियो ।

यही घटनापछि बिश्नोइ गिरफ्तार भएका हुन् । सुटरसँग सोधपुछको क्रममा अमेरिका बस्ने लरेन्सका आफ्नै भाइ अनमोल बिश्नोइको बारेमा जानकारी आएको थियो । लरेन्सको समूहमा जोडिनेहरु भारत मात्रै नभएर अमेरिका, क्यानडा लगायतका थुप्रै देशमा सदस्य रहेको बताइन्छ । पछिल्लो समय जेलमा रहँदा लरेन्स ब्रह्माचारी जीवन बिताइरहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । जहाँ उनी बिहान दही पिउँछन् र खाना थोरै खान्छन् ।

सम्बन्धित समाचार

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ
अपराध

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार
अपराध

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र
प्रमुख समाचार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

चर्चित खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा