२०८३ भदौ १७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क

गण्डकी प्रेस
बैशाख २२, २०८१ १९:१४ मा प्रकाशित
समाचार, समाज, सामाजिक सञ्जाल बाट
शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क
17
SHARES
Share on FacebookShare on Twitter

पोखरा । गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् ।

यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश स्तरीय अवार्ड कार्यक्रममा आर्कषणको रुपमा यसपाली बागलुङ जिल्लामा जन्मिएर नेपाली सांगीतिक फाँटमा स्थापित बनेका सपुतलाई स्टेज उतार्न लागिएको हो । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर गीत तथा प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका सपुतको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ ।

सपुतका अलावा गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने साँस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मन क्षेत्रीले खुलाए । अवार्ड कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक मञ्च गण्डकीले अनुरोध गरेको छ ।

अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट -मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।

सम्बन्धित समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला
प्रमुख समाचार

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते
प्रमुख समाचार

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा
प्रमुख समाचार

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध
प्रमुख समाचार

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु