गोरखा । शहिदलखन गाउँपालिका ७ बाह्रबिसे बस्ने शान्ता तिवारीको खेतको काम गर्नको लागि मेला आएका सोही गाउँपालिका थापा गाउँ बस्ने ४० वर्षीय राम मणि थापाको करेन्ट लागेर मंलगबार बिहान मृत्यु भएको छ ।
शान्ता तिवारीको कुखुराको खोरमा लगाएको तार जालीमा विद्युत सर्ट भई छेउमै राखिएको हाते ट्याक्टर निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-