पोखरा । पोखरा महानगरपालिका १८ मा एक महिलालाइ कुटपिट गरि अर्धचेत बनाएर फाल्ने धादिङका सन्तबहादुर मगर पक्राउ परेका छन् । गत जेठ ५ गते पोखरा महानगरपालिका १८ गुफाडाँडा स्थित झाँडीमा एक जना महिलालाई गम्भिर घाईते पारी फालेका थिए ।
दिपेन गुरुङ नाम बताउने मगरले फलामको हथौडा तथा धारिलो हतियार चक्कु प्रहार गरी टाउकोको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरी मरणासन्न अवस्थामा पुर्यारई झाँडीमा फाली फालेको कास्की प्रहरीले अनुसंधाबाट निकालेको छ । महिलाको साथबाट चार हजार मोबाईल फोन १ थान समेत लुटी भागेको थिए ।
जेठ ४ गते बिहान जंगलमा मडिङवाक गएका स्थानियले प्रहरीलाइ खबर गरेका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय गण्डकी पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनाको विषयमा अनुसंधान गरेका थियो ।
मगरकोलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको छ।
http://पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

























प्रतिक्रिया लेख्नुहोस्:-