पाेखरा । पोखरा जरेवरकाे पशिममा पर्ने जगलमा एक युवती अचेत अवस्थामा फेला परेकी छन् । शनिबार बिहान स्थानियले घाइते रेग्मीलाइ (परिचय नखुलाइएको) देखेपछी प्रहरीलाइ खबर गरेका थिए ।
युवतीकाे कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवती फेला परेको स्रोतले बताएका छन । उनको हाल पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तरगतकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार वि.क.ले जानकारी दिए । आइतबार साँँझ मात्र उनी बाेल्न सक्ने अवस्थामा आएकी छन् । उनी पुर्ण रुपमा हाेसमा आएकी छैनन । रेग्मीकाे आफन्तलाइ सम्पर्कमा ल्याउने प्रयास भैरहेकाे छ ।
युवती घइते भेटिएकाे स्थान प्रयाेग गरेर फालिएकाे सुइ भेटिएकाे अनुसंधानमा खटिएका प्रहरीले जानकारी दिएका छन् । वरपर लागुऔषध प्रयाेगकर्ता बस्ने प्रहरीकाे अनुमान गरेका छन् । घटनाकाे विषयमा अनुसंधान भैरहेकाे डिएसपी वि.क.ले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-