२०८० जेष्ठ १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महानगरको व्यवसायी माथि मनपरी फेवाफाट पुर्ने महानगरकै अनुमति

गण्डकी प्रेस
चैत्र २६, २०७९ ०८:१३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
महानगरको व्यवसायी माथि मनपरी फेवाफाट पुर्ने महानगरकै अनुमति
12
SHARES
Share on FacebookShare on Twitter


पोखरा । चैत १२ गते पोखरा महानगरपालिकाले पोखरा २४ पामेबाट केहि टिपर र स्काभेटरलाई नियन्त्रणमा लियो । टिपरलाई महानगरले आफ्नै साथमा ल्यायो भने स्काभेटरको चाबि थुत्यो । पोखरा २४ पामेमा महानगरले नै आवास क्षेत्र घोषणा गरेको थियो । सोही क्षेत्रमा काम चल्दै गर्दा महानगरले फेवाताल पुर्ने काम गरेको भन्दै कारवाहि गरेको थियो । तर महानगरपालिकाले जुन स्थानमा कारवाहि गरेको थियो त्यो भने फेवाताल नभईस क्षेत्र रहेको खुलेको छ । त्यतिमात्र होइन उक्त स्थानमा महानगरपालिका स्वयमले माटो हालेर पुर्ने अनुमति समेत दिएको भेटिएको छ ।

स्थानीय जग्गा धनीले आवास क्षेत्र घोषणाभएसंगै जग्गामा अन्यत्रको माटो ल्याएर हाल्न पाउभन्दै निवेदन दिएका थिए । उक्त निवेदन अनुसार वडा २४ ले पोखरा महानगरपालिकालाई सिफारिस गरिदियो । महानगरपालिकाले पनि वडा प्रहरी कार्यालय बगर, विपद् व्यवस्थापन निरीक्षण महाशाखा पोखरा महानगरपालिका कार्यालय र पो.म.न.पा वडा २४ लाई बोधार्थ गर्दै अनुमति दियो । पत्र संख्या ०७९/०८०, चलानी नम्बर ५१२८ ले अनुमति दिएको स्पष्ट छ । तर महानगरपालिका भने आफै धामी आफै झाक्री बनेको छ । पहिला आफैले पुर्ने अनुमति दिएको महानगरले अहिले भने फेवाताल पुर्न नमिल्ने भन्दै कारवाहि गरेको छ । उक्त क्षेत्रमा महानगरले दोहोर चाल चलेको देखिएको छ ।

पेचिलो बन्दै फेवा सिमसार मास्ने प्रकरण आवस क्षेत्रमा परिणत, आवास क्षेत्र पुर्दा महानगरको एक्सनGandaki Press

आवास क्षेत्र घोषणा गरी सकेको ठाउँमा महानगरले एक्सन लिनु अन्याय भएको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुले आवास क्षेत्रमा रहेको आफ्नो जग्गा पुर्दा महानगरले मनलाग्दी गरेको आरोप लगाएका छन् । उनीहरुले पहिला आवास क्षेत्र घोषणा गरेको र अहिले आएर फेवाताल क्षेत्र भन्दै कारवाहि गर्नु गलत रहेको बताएका छन । जग्गा धनी टेक प्रसाद तिमिल्सिनाले आफ्नो जग्गा संरक्षण गर्न खोज्दा महानगरले लाद्ने काम गरेको बताए । उनले आफ्नो जग्गा आवास क्षेत्रमा रहेपनि महानगरले बनाएको बाटोको कारण जग्गामा पानीको ढाब हुन थालेपछि संरक्षणका लागि पुर्ने काम गरेको बताए ।

राज्यलाई कर तिर्दै आएपनि जग्गा संरक्षण गर्न नपाएको उनको भनाइ छ । सडक निर्माण पश्चात आफुहरुको क्षेत्रमा पिच नगरेको र सडकमा पानीको निकास नहुँदा जग्गा नै बेकामको हुने स्थिति आएको उनले सुनाए । ‘पहिला खेती हुने जग्गामा अहिले पानी मात्रै जम्न थाल्यो । यहाँ मैले खेति पनि गर्न पाइन । सडकमा पानी जानका लागि कल्भट बनाउनु पर्ने ठाउँमा हिमपाइप राखेको छ । जसले गर्दा पुरै पानी मेरो जग्गामा जम्मा भएको छ’ उनले भने, ‘हिमपाइप फुटेका कारण पानी निकासी भएको छैन् । हामीलाई पैसा धेरै भएर फालेका होइनौ पुर्न बाध्य भएका हौं ।’ जग्गा सदुपयोग गर्न नपाएको र पुर्न नदिनु अन्याय भएको र पुर्न नपाए महानगरले निकास दिनुपर्ने बताए ।

यस्तै अर्का जग्गा धनीले आवास क्षेत्र घोषणा गरिसकेपछि पनि फेवाताल भन्दै अवरोध गर्नुको पछाडी कुनै षडयन्त्र भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘यो आवास क्षेत्र हो । त्यसै मुखले फेवाताल क्षेत्र भनेर हुन्छ रु यथार्थमा जानुपर्छ । उनीहरुको के के छ, के के भन्छन् त्यो हामी बुझ्दैनौं’ उनले भने, ‘यहाँ केहि स्वार्थ राखेको मैले देख्छु । पानी जमेपछि हामीले खेती गर्नै पाएनौं खेती गर्नका लागि पनि हामीलाई पुर्नुपर्ने स्थिति छ ।’

महानगरको अनुमति विना काम भयो ः महानगर प्रवक्ता
उता पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीना भने महानगरपालिकाले कुनै अनुमति नदिएको बताए । उक्त स्थानमा वाई युके कन्ट्रक्सन प्रा।लि।ले वडाको सिफारिसलाई नै देखाएर पुर्ने काम गरेको बताए । ‘वडाले महानगरलाई सिफारिस गर्यो होला । मैले बुझे अनुसार महानगरपालिकाले कुनै अनुमति दिएको छैन्’ ’ प्रवक्ता तिम्सीनाले महानगरपालिकाले नदिएका बताइरहँदा २०७९ फागुन २ गते महानगरले अनुमति दिएको देखिएको छ । अधिकृत आठौं तहका कृष्ण प्रसाद तिवारीले हस्ताक्षर गरेको पत्रले अनुमति दिएको छ । महानगरपालिकाले व्यवासयीमाथि नै लात हान्ने गरी काम गर्दा व्यवसायी मर्कामा परेका छन् । महानगरपालिकाकै अनुमतिमा उक्त काम गरेका वाईयुके कन्ट्रक्सनका संचालक युवराज खतिवडा महानगरको दोहोर खेलका कारण यतिबेला समस्यामा परेका छन् ।
महानगरकै अनुमति देखेपछि मैले काम थाले ः खतिवडा

उता व्यवसायी युवराज खतिवडाले भने आफुले महानगरपालिकाको अनुमति पत्र अनुसार नै काम गरेको बताए । समाजसेवी समेत रहेका खतिवडाले नियम अनुसार नै जाँदा समेत आफुलाई महानगरले ठगेको बताए । ‘सबै प्रक्रिया पुगेको छ । कानुन अनुसार नै अघि बढेको छ । आवास क्षेत्र पुर्नलाई जग्गा धनीले अनुमति लिएर आए मैले पुर्ने काम गरे उनले भने,‘ जग्गाधनीले सबै प्रक्रिया लिएर आएपछि मैले काम अघि बढाए । मैले कर पनि तिरेको छु मेरो व्यवसायको । मेरो गल्ति भएको भए मलाई जे सजाय दिए पनि म भोग्न तयार छु तर मेरो गल्ति छैन भने मेरो सवारी साधान किन लगियो । महानगरले के गर्न खोजेको हो मैले बुझ्न सकेको छैन् यो न त सिमसार हो न त फेवाको मापदण्ड ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या
अन्तराष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा
प्रमुख समाचार

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्
प्रमुख समाचार

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिना गर्ने पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

 स्याङ्जामा एक सहित देशभर पाँच शव फेला

चर्चित खबरहरु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल