पोखरा । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तरगर्तको पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा संघिय संसद डा. ढाका कुमार श्रेष्ठले अस्पतालको सेवा सुधारको लागि आफुले पहल गर्ने बताएका छन् । अस्पातलमा हाल कर्मचारी अभाव, मेसिनरी सामान अभाव लगायतका समस्या सुन्दै श्रेष्ठले समस्याको सम्बोधन गर्न पहल गर्ने बताए ।
गरिब दुखीले सेवा लिने सरकारी अस्पताललाई स्तरउन्नती गरेर उत्कृष्ठ सेवा लिने अस्पताल बनाउनमा आफ्नो पहल रहने श्रष्ठले सुनाए । अस्पताल अनुगन गदै श्रेष्ठले हाल ल्याबको, इमरजेन्सी शाखा लयातमा विभिन्न प्रविधी राखेर स्तरउन्नती गर्नुपर्ने बताए । यस्को लागि प्रदेश सरकार संघिय सरकारमा पहन गर्ने श्रेष्ठको भनाइ छ ।
अस्पतालका निर्देशक डाक्टर भरत बहादुर खत्रीले ५ सय ८५ सय कर्मचारी दरवन्दी रहेको जानकारी दिदै हाल अस्पतालमा १ सय ७० कर्मचारीले मात्र काम गरेको सुनाए । केही भवनमा रेट्रेफिटिङको अथात मर्मत भैरहेको हुदाँ संरचना अभाव रहेको जानकारी दिए । नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्राम मार्फत भएको रेटे«फिटिङको काम अव ६० प्रतिशत बाँकी छ ।
लास घर बनाउन पर्ने समस्या रहेको सुनाए । अहिले अस्पतालमा ४ सय ३० वेड रहेको छ । औषतमा अस्पतालमा १ हजार ८ सय बिरामीले सेवा लिदै आइरहेका छन् । श्रेष्ठले अस्पतालका विभिन्न वार्ड तथा शाखामा गएर विरामी संग सल्लाहा सुझाव लिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-