काठमाडौं। काठमाडौंको मौसम खराब भएका कारण विदेशबाट आएका केही विमान अवतरण हुन नसकेर एक घण्टादेखि आकाशमै चक्कर लगाइरहेका छन्। काठमाडौंमा दिउँसोदेखि रात परेजस्तै भएको छ।
दिल्लीबाट काठमाडौं आएको इन्डिगो एअरको विमान काठमाडौंमा ल्यान्ड हुन नसकेपछि भैरहवामा अवतरण गर्न खोज्दैछ। तर त्यहाँको पनि मौसम खराब भएपछि आकाशमै फन्को लगाइरहेको छ। उक्त विमानले एक घण्टादेखि आकाशमा १० फन्को लगाइसकेको छ। यस्तै दोहाबाट आएको विमान पनि मकवानपुरको आकाशमा चक्कर लगाइरहेको छ। कतार एअरको विमान पनि बस्न सकेको छैन। यस्तै केही आन्तरिक विमान पनि प्रभावित भएका छन्। दिल्लीबाट आएको भिस्तारा एअरको विमान पनि बस्न सकेको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-