पोखरा । पोखरा महानगरपालिका ३२ शिक्षा समितिले ७३ औं प्रजातन्त्र दिवसको अवसर पारेर वडा स्तरीय शिक्षक सम्मान गरेको छ ।
शिक्षकलाई सम्मान गर्दै पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले शिक्षा योगदान दिएकोमा धन्यवाद दिए । शिक्षा अभावको कारण मानिस मुर्ख भएको बताए । जुनसुकै समयमा विद्यालयमा समस्या सहयोग गर्ने बताए ।
सीता प्राविका मनु खनाल, गोगन माविका राम हरि बराल र सुरेन्द्र लामिछाने, युनिभर्स बोडिङ स्कुलका भवना राई दहाल र राजेन्द्र प्रसाद वाग्ले, हाइवे गर्डेनबाट विपना गुरुङ, सिद्व गणेश संगिता गुरुङ, चन्द्र ज्योति केशवराज तिमिल्सिना सम्मानित भएका छन् ।
शान्ति बाटिका बोडिङ् स्कुलका पोषराज अधिकारी र गणेश प्रसाद भण्डारी, स्माईल स्मल हेभेन एकेडेमीबाट निर्मला केसी र बिक्रम थापा ज्ञान ज्वति दुर्गा पन्थी र मित्र बन्दु सुवेदी, ब्रह्मा रुपा माविबाट तेजन प्रसाद अधिकारी र सुरेश भण्डारी र हिमालय आधार भुत प्रभा कोइरला, राधाकृष्ण आधारभूतबाट प्रतीक्षा तिमिल्सिना, कालिका आधारभूतबाट पुर्ण श्री पुन सम्मानित भएका छन् ।
वडा शिक्षा समितिका सदस्य तथा वडा सदस्य तिर्थ बहादुर सुयलले वडा भित्रका विद्यालयमा शिक्षण गर्ने उत्कृष्ट शिक्षकलाई सम्मान गर्न लागेको बताए ।
सम्मान सभामा नेपाल काग्रेस वडा अध्यक्ष नारायण प्रसाद वाग्ले वडाले नयाँ कामको सुरुवात गरेको बताए । सामुदायिक र निजी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट नारायण सुवेदी शिक्षकले राजनिती गर्न नहुने । सरकारी स्कुलमा पढाउने शिक्षकले छोराछोरी सरकारी पढाउन नहुने बताए । वडाको राम्रो सहयोग गर्ने बताए ।
नगेन्द्र प्रसाद रेग्मी यस्ता कार्यक्रममा शिक्षकलाई हौसला दिनुपर्ने बताए । राजनितीक दलले शिक्षालाई सुधार गर्ने योजना दिनुपर्ने बताए ।
संस्थागत विद्यालयको प्रको तर्फबाट हरि धमलाले अघिल्ला वर्षमा भन्दा यस वर्षमा राम्रो कामको सरु भएको बताए । वार्षिक अन्य कार्यक्रम राख्नुपर्ने बताए ।
आधार धुत विद्यालय ब्यस्थापन समिति अध्यक्षको तर्फबाट अर्जुन मल्लले वडाले राम्रो रेखदेख गरेमा सामुदायिक बिद्यालयको विद्यार्थीको पनि बिकास गर्ने बताए ।
आधारभूत विद्यालयको तर्फबाट पृतिराज पण्डितले पहिला स्रोत केन्द्र थियो स्रोत केन्द्र हुँदा हाम्रो गुनासो सुनाईन पाईन्थो अहिले छैन । वडाले पनि महिनामा १ पटक शिक्षा समितिको बैठक राख्नुपर्ने बताए । वडा भरिको विद्यालयको लागि एउटै पात्रो बनाएर बिद्यालय संचालन हुनुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-