पोखरा । पोखरा महानगरपालिका १४ बिपीमार्गस्थित पाल्पा भैरव फर्निचर उद्योगमा गएराति आगलागी हुँदा तयारी फर्निचर, काठ, कम्पाउण्डभित्र रहेको ४ वटा टिनको टहराहरू र ग.१३ प ३३५६ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ । ग.२ च ९०२६ नम्बरको बोलेरो जिपको पछाडि ढाला जलेर क्षति भएको छ ।
आगलागीमा जलेर गम्भीर घाइते भएका सोही उद्योगमा काम गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका(४ घर भएका २० वर्षीय रावल गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने मध्यम घाइते भएका पाल्ला रिब्दीकोट घर भएका २१ वर्षीय आशिष खड्काको ग्यालेक्सी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै पोखरा महानगरपालिका १० खत्रीपसल चोकस्थित भारत घर भएका २८ वर्षीय अली हुसेनको अली हुसेन वर्कसपमा बिहीबार बिहान आगलागी हुँदा वर्कसपभित्र रहेको ८ वटा मोटरसाइकल र ३ वटा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-