पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्ध नभएर सम्म देशले विकासको सफलता नपाउने बताएको छ । पार्टीका महासचिव गौरव बुधबार बिहान प्रेस विज्ञाप्ति जारी जनयुद्धको सफलता प्रति मात्र पुण विश्वास रहेको बताएका छन् ।
केहीले जनवादी क्रान्ती सफल भैरहेको हल्ला फिजाएपनि जनवादी क्रान्ति सफल नभइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालका केही बामपन्थी पार्टीले जनयुद्ध सफल भएको प्रचार गरेपनि अहिले नै जनयुद्ध सफल नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विश्वव्यापी रुपमा नै प्रश्न उठेको संसदीय व्यवस्थाले देश विकास नहुने उल्लेख गरिएको छ ।
जनताको अधिकार र राज्यको स्वधिनता रक्षाको लागि जनयुद्ध आवस्यक परेको हुँदा यस जनयुद्धलाई नेपालीले सहयोग गर्ने समेत उल्लेख गरिएको छ ।
जनयुद्धमा पुर्व लडाकु, किसान शिक्षक, कर्मचारी, मजदुरले सहयोग गर्न अपिल गरिएको छ । अहिलेको जनयुद्ध जनताको अधिकार दिलाउने सरकार रहेको ग्यारेन्टी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-