टर्की र सिरियामा व्यापक विनाश निम्त्याएका ७.८ म्याग्निच्युडको भूकम्प र कैयौँ परकम्पका कारण करिब २ हजार ३ सय जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । उद्धार कार्य सिरियामा विशेष गरी कठिन भएको छ ।
टर्कीमा कम्तीमा १२० वटा पराकम्प गएको देशको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ । स्थानीय समय अनुसार दिउँसो १.३० बजे एउटा महत्वपूर्ण ७.५ म्याग्निच्युडको परकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले बताइएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-