पोखरा । नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा पोखराको ढुङ्गेसाघु मेलामा २२ औँ माछापुच्छ«े फुलकन्ट्राक कराँते प्रतियोगिता हुने भएको छ । पुष ३० गते पोखरा रंगशाला र माघ १ मेलामा हुने प्रतियोगितामा नेपाल भरीबाट करिब ३ सय खेलाडीले भाग लिने छन् ।
महिला पुरुष तर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र खुल्ला तौल समूहमा प्रतिशप्रधा हुने नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्षुमण कुवरले जानकारी दिए ।
प्रगियोगितामा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाइ सिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिने संघका सचिव निर्मल बहादुर केसीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नको लागि ८ लाख लाग्ने अनुमान गरिएको छ ।
उक्त प्रतियोगितामा नौ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान कार्याक्रम रहेको छ । नौ राष्ट्रिय खेलकुद प्रतियोगितामा क्योकुशिन कान कराँतेले टिम च्याम्पिएन बनेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-