पाेखरा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२८ माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालतको २०७९ बैशाख १४ गतेको फैसलाले १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत कास्की उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-