कास्की । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-३ नदिपुर घर भई चितवन भरतपुर महानगरपालिका-१२ डेरा गरी बस्ने ४६ वर्षीय उमेश गिरी भन्ने उमेश बहादुर गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०६६ फागुन २७ गतेको फैसलाले सर्वस्व सहित जन्म कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थाकालीलाई उमेश बहादुर लगातयका व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उमेश बहादुर घटनामा संलग्न भएपश्चात भागेर काठमाडौं गएर बसी सोही स्थानबाट सुरूमा कतारमा १२ वर्षीय बसेको, इराकमा ३ वर्ष, अफगानिस्तानमा २ वर्ष बसेपछि ८ वर्ष अगाडी नेपालआई चितवनमा वर्कसप र वाइन पसल खोली आफ्नो परिचय लुकाई बसेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-