पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेधलाई कडाइ गर्ने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी र सामुदायी प्रहरी कास्कीका अध्यक्ष लगायतका संग निषेध कडाइ गर्ने बिच छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले अबको केही दिनमा नै सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध कडाइको साथ पालन गर्ने बताए । उनले प्रतिबन्ध नमानेमा कानुनी कार्वाही गर्ने जानकारी दिएका छन् ।
यसका लागि कास्कीका विभिन्न स्थानिय तहसंग समन्वय गरेर अघि बढ्ने केसीको भनाइ छ ।
सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्धको अवज्ञा गरेका सामुदायिक प्रहरीले कार्वाही गर्ने सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष भिम पराजुलीले बताए ।
कास्कीमा रहेका ७ वटा सामुदायिक प्रहरी केन्द्रले मुख्य जिम्मेवारीको साथ स्थानिय तह जिल्ला प्रशासनको सहयोगमा अघि बढ्ने उनले बताए ।
सामुदायिक प्रहरी केन्द्र लेखनाथ, सामुदायिक प्रहरी केन्द्र बैदाम, सामुदायिक प्रहरी केन्द्र माटेपानी, सामुदायिक प्रहरी केन्द्र कालिका, सामुदायिक प्रहरी केन्द्र पृथ्वी चोक, सामुदायिक प्रहरी बगर र सामुदायिक प्रहरी केन्द्र माटेपानीले काम गर्ने उनले सुनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-