२०८३ बैशाख ७, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

गण्डकी प्रेस
पुस १९, २०७९ १६:३५ मा प्रकाशित
खेलकुद, समाचार, समाज
१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी म्याराथनको तयारी सुरु भएको जनाएको छ । म्याराथनको तयारी बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए ।

अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुने उनले बताए । उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले जनाए ।

सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरिएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् ।

म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स)मा दर्ता भए पछि आयोजना हुन लागेको म्याराथन खुलातर्फ पहिलो हुनेले ५ लाख, दोश्रोले ३ लाख, तेश्रोले २ लाख र चौथोले नगद रु ३० हजार प्राप्त गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने जानकारी दिंदै इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् भने संगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुनेछन् । पोखरा म्याराथन अन्तर्गत यो वर्ष एकै पटक २० हजार दौडने लक्ष्य लिइएको आयोजकको दावी छ ।

खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको जानकारी दिंदै अध्यक्ष पराजुलीले महिला हाफ म्याराथनमा समेत पहिलो, दोश्रो, तेश्रो र सान्त्वानहुनेले नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार प्रदान गरिनेछ । त्यसै गरी ५ किमि महिला तथा पुरुष, ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड हुने र सबै दौडहरुमा पुरस्कार राशीमा समेत वृद्धि गरिएको मञ्चले जनाएको छ ।

१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७९ लाई व्यवस्थित रुपमा संचालन गर्न २३ वटा विभिन्न उपसमिति गठन गरीएको र पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने आयोजकले जनाएको छ । पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार खर्च हुने आयोजको भनाई छ ।

सम्पन्न पत्रकार सम्मेलनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पोखरा म्याराथनको विविध पक्षबारे जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

चर्चित खबरहरु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 