पोखरा । पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा आर्मीमाथि पुनरागमन जित निकाल्दै संकटाले तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा आर्मी माथि पुनरागमन सहित ३–१ को जित निकाल्दै संकटाले तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको हो ।
यो संकटाको आठौं सहभागिता हो । संकटा तिन पटक सेमिफाइनल प्रवेश गरेको हो । २०७७ सालमा च्याम्पियन समेत बनेको हो । आर्मी १५ औं पटक सहभागिता जनाउँदा उपाधि विहिन छ ।
संकटाको जितमा १४ औं मिनेटमा नवयुगले पेनाल्टि मार्फत गोल गर्दै अग्रता आर्मीलाई अग्रता दिलाए । आर्मीका दिनेश हेमजनलाई संकटाका निशान खड्काले डिएरियामा लडाएपछि पेनाल्टि पाएको थियो । नवयुगले पेनाल्टिको सदुपयोग गर्दै सहजै गोल गरे ।
३६ औं मिनेटमा मेस्सुकेले बराबरी गोल गरे । कप्तान सुनिल बलले डिएरियाभित्र दिएको सर्टपासमा मेस्सुकेले उत्कृष्ट गोल गरे । ७९ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । निर्धारित समयमा थप गरेको अतिरिक्त ६ मिनेटको चौथो मिनेटमा स्टेफनले गोल गर्दै जित निश्चित गराए ।
प्रतिक्रिया लेख्नुहोस्:-