टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ दोस्रो सातादेखी तेस्रो संकस्करणको टाइगरकप भलिबल हुने भएको छ ।
पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा हुने टाइगरकप महिला तथा पुरुष भलिबलमा यसपटक दुई विदेशी टिमको सहभागिता रहँदै गर्दा गण्डकी प्रदेशको महिला टिमको भने सहभागिता नरहने भएको छ ।
प्रतियोगितबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै टाइगर गु्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकीको महिला तर्फको टिम यो वर्ष समावेश नभएको बताए ।
यस्तै संस्थाकै पदाधिकारी रामकृष्ण ज्ञवालीले महिलाको टिम कम्जोर भएको र प्रतियोगिता स्तरीय भएकाले यो पटक समावेश नगराएको बताए । ‘यो स्तरीय प्रतियोगिता हो ।
सबै टिम बलिया छन् त्यस्तो अवस्तामा हामीले कम्जोर टिमलाई राख्यौ भने मजा आउँदैन त्यसैले यो पटक हामीले समावेश गरेका छैनौं’ उनले भने ।
उनले प्रतियोगितालाई थप स्तरिय बनाउनका लागि पुरस्कार राशीमा दोब्बर वृद्धि गरेको समेत सुनाए । ‘हामीले यो वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरेका छौं । गत संस्करणको तुलनामा पुरस्कार राशी दोब्बर बनाएका छौं’ उनले भने ।
प्रतियोगिताको महिला÷पुरुष तर्फको विजेताले समान पाँच÷पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले २ दुई ला ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले एक ला २५ तथा सान्त्वना हुने टिमले ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको महिला÷पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले २५/२५ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट हुने खेलाडीले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्ने शर्माले जानकारी दिए ।
प्रतियोगिताको महिला तर्फ भारतको केरला स्टेट इलेक्ट्रोनिक बोर्ड, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र न्यू डायमन्ड क्लबको सहभागिता रहने भएको छ ।
यस्तै पुरुष तर्फ श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।
राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगिता माघ ८ गतेदेखी १४ गतेसम्म संचालन हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-