पोखरा । सरकारमा जाने नजाने अन्योलकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएको छ ।
२० सिट जितेर प्रतिनिधि सभामा आफ्नो बलियो उपस्थिति देखाएको स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय र कुन कुन पाउँछ भन्ने एकिन टुङ्गो लागेको छैन । अहिलेसम्म गृह मन्त्रालय उक्त पार्टीका सभापति रवी लामिछानेले सम्हालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना चिकित्सक सांसद भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रास्वपाले पनि दाबी गरेको छ । उक्त पार्टीमा डा. चन्दा कार्की, डा. ढाका कुमार श्रेष्ठ र डा.तोसिमा कार्की सांसद छन् । तर, तीन मध्ये रास्वपाको सुरुवाती चरणदेखिको उपस्थिति श्रेष्ठको रहेको छ ।
अधिकारीहरू भन्छन्, श्रेष्ठले पार्टीलाई यो अवस्थामा ल्याउन ठूलो योगदान गरेका छन। अझ गज्जव त श्रेष्ठ पार्टी भित्र निर्वाचित प्रतिनिधि हुन् ।
प्रचारप्रसारमा खासै रुची नराखेका कारण अहिले उनि मन्त्री हुने चर्चामा ओझेल परेका छन् । रास्वपाकै सांसद श्रेष्ठ अरु डा. सासंद भन्दा अव्वल छन् ।
हुनत अहिलेसम्म स्वास्थ्य मन्त्रालयमा माओवादी, सङ्घीय समाजवादी, रास्वपाले दाबी गर्दै आएका छन् । यिनिहरूको तुलनामा बलियो सम्भावना रास्वपा कै रहेको छ ।
‘रास्वप स्रोत भन्छ, ‘हामीले पार्टी जन्मिनु भन्दा अगाडी अभियानमा जोडिएका डा. ढाका कुमार श्रेष्ठलाई सम्मान स्वरुप स्वास्थ्य मन्त्रालय दिनुपर्ने छ ।’
डा. ढाका कुमार श्रेष्ठले पनि पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाएको खण्डमा कुसलता पूर्वक जिम्मेवारी बहन गर्ने बताएका छन् ।
‘म सिनियर व्यक्ति हुँ । सिनियर व्यक्ति भएको हिसाबले मैले जिम्मेवारी पाउँनु स्वभाबिक पनि हो’, डा. श्रेष्ठले भने । ‘तर, म मन्त्री बन्नकै लागि नेतृत्वलाई कुनै दबाव दिन्न ।’ आफूले स्वास्थ्य मन्त्री भए केके गर्ने भनेर खाका तयार पारेको पनि उनले सुनाए ।
डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेका छन् । मन्त्रालयलले पाँच वर्षे कार्यकालमा गरेका राम्रा कामहरू र आउँदो वर्षका लागि गर्न बाँकी योजनाहरूको बारेमा समेत डा. श्रेष्ठले जानकारी लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
मन्त्रालयका अधिकारीसँगको भेट पछि डा. श्रेष्ठले भने, ‘हामी विज्ञ बन्नका लागि पहिला विज्ञ व्यक्तिहरूसँग छलफल, अन्तरक्रिया र परामर्श लिन आवश्यक छ । होइन भने अन्दाजको भरमा तथ्यभन्दा बाहिर र हावादारी गफ मात्र हुनेछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-