पाेखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभले गरेको खुला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तरगत आज बिहान पोखरा स्थित बाग्लुङ बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
प्रमुख अतिथि डिस्ट्रीक गभर्नर लायन महेन्द्र पौडेलले रक्तदान जीवन दान भएको बताए । लायन पौडेलले भने ” रक्तदान कुनै सङ्घ/संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो।”
क्लबका अध्यक्ष लायन लक्ष्मी लामाले रक्तदान मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर पाउने धर्म भन्दा कयौं गुणा ठूलो पुण्यक काम भएको बताइन । लामाले भनिन “कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन ।”
स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । भने गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।
कार्यक्रममा प्रथम भाइस डिस्ट्रीक गभर्नर भिमलाल पौडेल ,द्वितीय भाइस डिस्ट्रीक गभर्नर चण्डी प्रसाद अर्याल ,
ब्लड डोनेसन चिफ मोहन सुवेदी
चार्टर प्रेसिडेन्ट लायन कृष्ण कुमारी श्रेष्ठ जिएमटी कोअर्डिनेटर तथा जोन चियर्प्रसन गोमा कार्की बास्कोटा लगायतले आफ्नो भनाई राखेका थिए ।
क्लबका सचीव लायन सरस्वती पुरिले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक रामचन्द्र सुनारले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-