पर्वत । महाशिला गाउँपालिका-५ साहुँघर बस्ने ६४ वर्षीय मनिलाल मल्लको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित रूखमा चढी लप्सी टिप्ने क्रममा रूखको हाँगोले बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खु देउरालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-