लम्जुङ । मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेस्थित सडकमा ग.३ च ८३६१ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-८ भुस्मे बस्ने ४७ वर्षीया भिव कासी तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल लम्जुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन र १ जनालाई अन्नपूर्ण अस्पताल पोखरातर्फ रिफर गरिएको छ ।
फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-