२०८३ कार्तिक १६, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

गण्डकी प्रेस
पुस १२, २०७९ १२:१४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न
19
SHARES
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो ।

महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककैरुपमा सक्रिय भएरै लागिरहने बताए । विगत देखिनै भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद बरालले आवश्यक पहल गर्ने जनाए ।

अन्नपूर्ण गाउँपालिका वडा ४ का वडाध्यक्ष आइन्दल गुरुङले भदौरे विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुलाई प्रोत्साहन गर्नपनि उनले आग्रह गरे । त्यस्तै मौले चरचरे बन उपभोक्ता समूहका अध्यक्ष रुपेश गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सहसचिव तारकाजी गुरुङ, महोत्वस संयोजक मनबहादुर गुरुङलगाएतले भदौरे गाउँको विकासलाई अगाडी बढाउन आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरि भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले महोत्सव भव्यरुपमा सम्पन्न गर्न साथ दिने सबैप्रति आभार व्यक्त गरे । साथै २०५५ सालदेखिनै युवाहरुलाई खेलप्रति आकर्षण गर्न भदौरे महोत्सवमा विभिन्न खेलहरु राखिदै आएको उनले जानकारी दिए । भदौरे गाउँको पर्यटन र खेलकुदको विकासका लागि भदौरे क्लबको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा भएको फुटबल प्रतियोगितामा नौडाँडालाई हराउँदै भदौरे बिजेता बनेको छ । भदौरेले ३–१ गोल अन्तरले फाइनल खेलमा नौडाँडालाई पराजित गरेको हो । यो सँगै भदौरे बिजेता बन्दै नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बन्दै नौडाँडाले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरि धेरै गोलकर्ताका उपाधि भदौरेका सन्दीप गुरुङ, उत्कृष्ट गोलकिपर नौडाँडाका समिर सुवेदी र उत्कृष्ट खेलाडीको उपाधि भदौरेका बिशाल बिकले प्राप्त गरेका छन् । त्यस्तै मैत्रिपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामा भने ढिकुरपोखरी बिजेता बनेको छ ।

महोत्सव तथा भदौरे गाउँको प्रचारमा भूमिका खेल्ने एक जना पत्रकारलाई सम्मान समेत गरिएको छ । प्रत्येक महोत्सवमा एक–एक जना पत्रकारलाई सम्मान गरिदै आएकोमा यस पटक पत्रकार राजु गिरीलाई गरिएको क्लबका अध्यक्ष जिबन गुरुङले जनाए । गिरीलाई नगद रु पाँच हजार, दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो । पत्रकार गिरी गन्थन डटकमका समाचार प्रमुख हुन् ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा भएको महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको थियो ।

सम्बन्धित समाचार

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ