पोखरा। मानवीय सेवामा समर्पित जीवन ज्योति सेवा केन्द्रले एकपछि अर्को सहयोग गर्ने क्रममा कास्कीको कालावाङमा आर्थिक सहयोग प्रदान गरेको छ।

विहिबार आयोजित संस्थाको कार्यक्रममा पाठेघर पिडित स्याङजाकी कविता विक, नाजुक आर्थिक अवस्था भएकी कास्की ठुलोस्वाँराकी सीता विक र शोभा विक र किड्नी पिडित पोखरा चाउथेकी राममाया सुनारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
संस्थाले यसअघि तनहुँको भानुनगरपालिकामा आयोजित कार्यक्रममा पनि आर्थिक सहयोग वितरण गरेको थियो।
संस्थामा आवद्ध सहयोगी मनहरूको आन्तरिक स्रोतबाट उक्त सहयोग उपलब्ध गराईएको संस्थाकी सचिव हेमा खवासले बताईन। कार्यक्रममा करिब साठी जनाको उपस्थिति रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-