पोखरा। रोगी तथा पिडितका लागि जीवन ज्योति सेवा केन्द्रले शुक्रबार तनहुँमा एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग वितरण गरेको छ।
सो कार्यक्रममा भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले आँटे नहुने केही रहिनछ भन्दै आफ्नो तर्फबाट पनि आर्थिक सहयोग गरेका थिए।
सहयोग रकम प्राप्त गर्नेमा तनहुँ बारिफाँटकी रमा कार्की र खैरेनीकी एकल महिला मिना थापा रहेका छन।
भानुनगरपालिका वडा ५ का अध्यक्ष नकुल अधिकारीले राज्यले गर्नुपर्ने काम संस्थाले गरेकोमा खुशी ब्यक्त गरे । संस्थाकी हेमा खवासले विगतदेखी नै बिपन्नवर्गलाई सहयोग गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिदैं जाने जानकारी दिईन।
संस्थाका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरिता थापाले गरेकी थिईन।
प्रतिक्रिया लेख्नुहोस्:-