काठमाडौं ः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि प्रमुख राजनीतिक दलका नेताहरूले एक्यबद्धता जनाएका छन्।
उनीहरूले सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै टीकापुर घटनामा राजबन्दी बनाइएकाहरूको रिहाइ गर्न सरकारसँग माग समेत गरेका छन्।
यो अध्यादेश नेपालको द्वन्द्व व्यवस्थापन एवं बृहत् शान्ति प्रक्रियाको निरन्तरता पनि भएकोले ल्याइएको उक्त अध्यादेशको लागि वर्तमान सरकारलाई धन्यवाद ज्ञापन गर्दछौं।
यसलाई कहीँ कतैबाट जान अन्जानमा गरिएको विरोधको सामना गर्दै मौलिक हक अधिकार प्राप्तिको लागि जोडदार माग गर्दछौं।
साथै नेपाल सरकार मन्त्रिपरिषदले ल्याएको अध्यादेश सम्माननीय राष्ट्रपतिज्युबाट यथाशिघ्र प्रमाणीकरण गरिने छ भन्ने विश्वासत छौं, थारू कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
२०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टीकापुर घटनाको झुटा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दीहरुलाई अविलम्ब रिहाइ गरियोस्।
अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनको लागि जोडदार माग गर्दछौं। कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं।
प्रतिक्रिया लेख्नुहोस्:-