पोखरा । जिन्दगी एउटा यात्रा हो, हजारौँले छाडे पनि त्यो यात्रा निरन्तर चलिरहन्छ तर आफ्नो एउटै अभिन्न मित्र वा मायालुले छोडे जीवनमा पूर्णविराम लागेझैँ हुन्छ ।
हो यस्तै माया प्रेमको अन्तरभाबलाई टपक्क टिपेर लोकप्रिय गायक सुमन खडकाले सुसेलि बोलको नबिनतम कोशेलि बजारमा लियका छन ।
गायक खड़काले आफ़नो प्रत्यक्ष दोहरीमार्फत यस अघिनै आंसिक चर्चा कमाईसकेका छन भने यो उनको आवाजमा पहिलो सांगीतिक कोसेली हो। बिभिन्न गीतहरु सृजना गरीसकेतापनी उनकै आवाजको यो पहिलो गीत हो।
गायिका रिना केसि गायक सुमन खडका श्याम क्षेत्रि र सन्तोष आरडिको संयुक्त आवाज रहेको यस गितको संगित सुमन खडकाको रहेको छ भने म्युजिक भिडियोमा चर्चित मोडल लोमश शर्मा र दिब्या न्यौपानेको मुख्य भुमिका रहेको छ ।
कुमार केसिको निर्देशन, राम केसिको छाँयाङकन र अमृत चापागाईको सम्पादनमा रहेको भिडियो भने श्याम क्षेत्रि युटब च्यानलबाट सार्वजानिक गरियको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-