२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने

गण्डकी प्रेस
मंसिर १९, २०७९ १९:०२ मा प्रकाशित
खेलकुद, समाचार, समाज
१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने
13
SHARES
Share on FacebookShare on Twitter

पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित ‘१७ औं प्यावसन स्पोर्टस मिट २०७९’ यहि मंसिर २५ देखि २९ गते सम्म पोखरामा हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन, कास्कीले सोमबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी १७ औं संस्करणको प्यावसन स्पोर्टस मिट हुने भएको जनाएको हो ।

स्पोर्टस मिट अन्तर्गत कक्षा १ र १० सम्मका विद्यार्थीहरू बिच छात्र सिनियर तथा जुनियर फुटबल, छात्र/छात्रा भलिबल, छात्र/छात्रा टेबल टेनिस, छात्र÷छात्रा एथलेटिक्सहरु आयोजना हुने प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् ।

१७ औं संस्करणको प्यावसन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

उक्त प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र/छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा दौड जस्ता इभेन्टस्हरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन अध्यक्ष पौडेलले बताए ।

प्रतियोगिता अन्तर्गत जुनियर फुटबलतर्फ ५६ टिम, सिनियर फुटबलतर्फ ६९, भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता हुनेछ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्यावसन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।

कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्यावसन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै अध्यक्ष पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिएका छन् ।

यहि मंसिर २० गतेबाट अनौपचारिक रुपमा सिनियर तथा जुनियरतर्फका फुटबल प्रतियोगिता आयोजना हुने बताउँदै फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा हुने प्यावसन कास्कीले जनाएको छ ।

प्याब्सन कास्कीले आयोजना गदै आएको यस खेलकुद प्रतियोगिताले विगतदेखि नै प्याब्सन कास्कीको मात्र नभएर सिङ्गो कास्की जिल्लाको खेलकुद क्षेत्र र खेलकुदको विकासमा विशेष महत्त्व राख्दै राष्ट्रिय खेलाडीहरू उत्पादनमा आधारको रूपमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको प्यावसन कास्कीका प्रमुख सल्लाहकार तथा केन्द्रिय सदस्य प्रेम प्रसाद पौडेलले बताए । उनले सबै खेलहरुमा सुरक्षाको प्रत्यभुति हुने गरी प्रतियोगिताहरु आयोजना गरिएको बताउँदै सुरक्षा नै पहिलो प्राथमिकता रहेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा प्यावसन कास्कीका सचिव पुष्पराज पराजुलीलगायतले स्पोर्टस मिटको विविध पक्षबारे जानकारी गराएका छन् । सचिव पराजुलका अनुसार उद्घाटनका अवसरमा ५० वटा विद्यालयका छात्र/छात्राहरुले मार्च पास गर्नेछन् ।

प्याब्सन कास्कीसँग कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेका छन् ।

यसै विच प्रतियोगिता सफल बनाउन वरिष्ठ उपाध्यक्ष उमा लामिछानेको संयोजकत्वमा विभिन्न १७ वटा समिति गठन गरिएको प्यावसन कास्कीले जनाएको छ ।

स्पोर्टस मिटको संरक्षकमा मथुरा प्रसाद पौडेल, न्याययिक समितिको संयोजकमा बिर बहादुर बुढाथोकी, आर्थिकमा बेद प्रसाद बस्ताकोटी, कार्यालय व्यवस्थापनमा पुष्पराज पराजुली, मार्च पासमा विधान गौतम, स्टेज व्यवस्थापनमा मोहन पौडेल, निमन्त्रणातर्फ उपाध्यक्ष विष्णु तिमिल्सिना, स्वागत तथा सत्कारमा मथुरा प्रसाद पौडेल, फुटबल आयोजनातर्फ जगत थापा र विष्णु जिशी, भलिवल समितिको संयोजकमा नविन बराल, एथेलिक्सतर्फ राम गुरुङ, कक्षा ११–१२ बास्केटबलतर्फ रामचन्द्र पौडेल, टेबुल टेनिसतर्फ शेर बहादुर क्षेत्री, शुरक्षातर्फ दिवाकर जैशी, स्वास्थ्यतर्फ टेक नारायण पौडेल, खानेपानी व्यवस्थापनतर्फ शिव गौतम र सुपरिवेक्षणमा दिनेश कुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद