पोखरा । जलवायु परिवर्तनको कारण कृषिमा आएको समस्याहरुलाई न्यूनीकरण गर्ने उद्येश्य सहित माछापुच्छ्रे गाउँपालिका वडा न.६ धितालमा हाम्रो प्रतिष्ठान, पोखरा र आमा नेपाल स्पेनको आयोजनामा २ दिनेतालिम सम्पन्न भएको छ ।
कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर देखिएपछि कृषकहरु चिन्तामा परेका छन् । जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउने, महिलालाई कृषिमा सशक्तिकरण गर्ने, विषादी युक्त बीउ बिजन प्रयोग गरी अर्गानिक सागपात उत्पादन गर्ने,गाउँ पर्यटनको विकास लगायत वातावरण संरक्षण गरी दिगो विकास गर्ने उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
तालिममा सहजकर्ताको रूपमा ली बोर्ड पोखराका इन्द्र पौडेल, पावर सिफ्ट काठमाण्डौका सागरीक भट्ट, अन्नपूर्ण इको भिलेजका वेदनिधि अधिकारी, नेपालीजÞ युथ फर क्लाइमेट एक्शनका आशिष परियार, दिनेश भुसाल,अस्मिता गौतम, दिक्षा सुवेदीले तालिममा सहभागिहरुलाई सहजिकरण गरेका थिए ।
२ दिन चलेको सो तालिममा ६० जना महिलाको सहभागिता रहेको थियो । तालिमका संयोजक कविता थापा अधिकारीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने कुरा बताईन् ।
संरक्षण आमा समूहको अध्यक्ष सुनिता भुजेलले तालिमबाट कृषिमा सीप मुलक कुरा सिकेर आयआर्जन बढी गर्न सकिने कुरा बताईन् ।
जनजागरण समूहका म्यानेजर लक्ष्मी ढुंगानालेमौसम र वातावरणले कृषिमा पर्ने असरको बारेमा सो तालिम निकै फाइदाजनक रहेको कुराबताईन् ।
कृषी मुलक देश भएर पनि कृषी उत्पादन बजार सम्म पु¥र्याउन नसक्दा कृषकलाई निकै ठूलो समस्या परेको तालिमका एक सहभागिलेबताए ।
प्रतिक्रिया लेख्नुहोस्:-