लेखनाथ । लेखनाथ क्योकिशन-कान कराते डोजोको आयोजनामा मंसिर १७ गते दोस्रो लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप लेखनाथ पावरहाउसमा हुने भएको भएको छ ।
लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका सोह्र वर्ष मुनिका ६०जना भन्दा बढि खेलाडीहरुले विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा गर्ने छन ।
प्रतियोगितामा पुरुष तर्फ २५ के.जी, ३० के.जी,३५ के.जी, ४० के.जी, ४५ के.जी र ५० के.जी तौल समुह रहेका छन भने महिला तर्फ ३० के.जी मुनि ४० के.जी मुनि र ५० के.जी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक तथा लेखनाथ पावरहाउस डोजो प्रशिक्षक बिनोद नेगिले जानकारी दिए ।
खेलाडीहरुलार्इ आफुले सिकेको कला देखाउन र सिनियर प्रतियोगिताको लागि तयार हुन वातावरण सिर्जना गर्ने उद्धेश्यअनुरुप आयोजना गरिएको प्रतियोगिताका बिजेता खेलाडीहरुलार्इ मेडल र प्रमाण(पत्र द्वारा पुरस्कृत गरिने प्रमुख प्रशिक्षक सुवास खड्काले जानकारी दिए ।
प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुदमा सहभागि र पदक बिजेता लेखनाथ डोजोका खेलाडीहरुलार्इ सम्मान गरिने प्रशिक्षक खड्काले जानकारी दिए।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-