काठमाडौं । मोरङमा दुई पक्षबीच झडप हँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
उर्लाबारीको कफी सपमा गएराति दुई पक्षबीच झडप भएको हो ।
घटनामा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । यीमध्ये तामाङ गम्भीर छन् । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोडमा भर्ना गरिएको छ ।
दुई समूहबीच पुरानो रिसिइबी रहेको र त्यही कारण झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-