पोखरा । कास्की क्षेत्र नम्वर २ (क) का प्रदेशसभा सदस्य उमेरद्धार विजय बहादुर भण्डारीले राष्ट्रियताका लागि आफुलाई मत दिन आग्रह गरेका छन् । पछिल्लो समय खोक्रो राष्ट्रवादको कुरा गर्दै जनतालाई गुमराहमा राख्दै आएको आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका भण्डारीले सधै जनताले भोट दिएर नेतालाई अगाडी बढाएको तर जनता सधै पछि परेका बताए । चुनावी अभियान अन्र्तगत आइतबार पोखरा ७ घारीपाटनमा कोणसभालाई सम्बोधन गर्दै भण्डारीले उक्त कुरा बताएका हुन् ।
अब जनताले मन र मत परिवर्तन गरी आफु राष्ट्रको मालिक बन्न र राष्ट्रियताका लागि आफुलाई जिताउन आग्रह गरेका छन् । जनताको सेवक बन्ने बाचा गरेका भण्डारीले मतदातासँग राप्रपालाई भोट दिन आग्रह गरे ।
उमेरद्धार भण्डारीले नेताहरुले राष्ट्रियतामाथि नै आघात पुग्ने गरी काम गरेको र अहिले राष्ट्रवादको कुरा गर्दै चुनावमा होम्मिएको बताए ।
‘नेता गतिला नभएर देशमा राजतन्त्रसँगै लोकतन्त्र, गणतन्त्र आएपछी देश र जनताले धेरै संकट भोग्नु प¥यो । दिन प्रतिदिन राष्ट्र र राष्ट्रियताको पहिचान कमजोर बन्दै गएकोछ’ उनले भने, ‘देशमा विकासका कामले गति लिन सकेको छैन । भएका कलकारखाना बन्दभए । आर्थीक अवस्था कमजोर बनेको छ ।’ युवाहरु देशमा भन्दापनि रोजगारका लागी विदेश पलायन हुने अवस्था अहिलेको सरकारका कारण आएको र उक्त कुरालाई नियन्त्रण गर्न आफु चुनावी मैदानमा होमिएको बताए ।
राप्रपाका पुर्व केन्द्रीय सदस्य रोमबहादुर भण्डारीले संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र नै राप्रपाको मुल एजेण्डा रहेको सुनाए । ‘राप्रपालाई भोट दिनु भनेको हाम्रा छोरारोरीलाई भोट दिनु हो । छोराछोरीको सुन्दर भविष्य कोर्नु हो’ उनले भने ।
चुनावी घरदैलो अभियानमा ९४ वर्ष पुगेका जेष्ठ नागरिकले पनि राजतन्त्र पछि आएका ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका पार्टीहरुले देश विकास नगरेको गुनासो गरे । उनले अब देशमा राष्ट्रियता गुम्दै गएका कारण राप्रपा बाहेकको विकल्प नरहेको बताए ।
सभामा राप्रपाका कास्की २ नं. क्षेत्रका उमेदवार सुर्वणराज पन्त, समानुपातिक उमेरद्धारहरु पञ्च बहादुर गुरुङ, वरुण विक्रम राणा, सुनिता केसी, विष्णु कुमारी गुरुङ, मदन परियार, नारायण गुरुङ लगायतको उपस्थिति रहेको थियो । राप्रपा पोखरा ७ का वडाध्यक्ष कान्छा जलारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-