पोखरा रंगशालामा जारी टाइगर कप भलिबलमा भएको मास्कको कालोबजारीमा समाचार प्रभावले मास्क निशुल्क वितरण गरिएको छ ।
प्रतियोगितामा कालोबजारी भएको भेटिएको भनि गण्डकी पे्रसमा समाचार प्रकाशित भएपछि बुधबारदेखी निशुल्क मास्क वितरण गर्न थालिएको हो । प्रतियोगिताको टिकट काट्ने स्थान नजिकै मास्क र सेनिटाइजर राखिएको थियो । सेनिटाइजर लगाउन आग्रह गर्दै मास्क नलगाएकालाई १० रुपैँयको मास्कलाई २० रुपैँयाको दरले बेचिदैँ आएको थियो । उक्त कार्य बन्द गरि हाल निशुल्क मास्क वितरण सुरु गरिएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-